Categories हाइलाइट-समाचार

वीरगन्ज : वडा नं. ५ मा नेकपा एमालेका प्रदिप विजयी

Advertisement

पर्सा । वीरगन्ज महानगरको  वडा न ५ मा नेकपा एमालेका प्रदिप चौरसिया विजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेबाट उमेदवारी दिएका चौरसिया ३० मत बढी ल्याइ विजयी भएका छन ।

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज (बुधबार ) वीरगन्ज महानगरमा नेकपा एमाले ले दोस्रो जित हाथ पारेको छ।

Advertisement

जसपा र नेपाली कांग्रेस लाई हराउदै वीरगन्ज महानगर वडा न ५  मा नेकपा एमालेका चौरसिया  विजयी भएका हुन । जसपाका सुशील सिंह क्षेत्री  ५३२ मत र नेपाली कांग्रेसका हुकुम सिंह राजपुत ७० मत पाउदा नेकपा एमालेबाट उमेदवार रहेका चौरसिया ५६२ मत ल्याइ विजयी भएका हुन ।

Advertisement

चौरसिया पछिल्लो स्थानीय तह निर्वाचनमा सोही वडामा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *