Categories Uncategorized

पर्सा : २१ बर्षिय युवक गाउँपालिका अध्यक्षमा निर्वाचित

Advertisement

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा सबै भन्दा कान्छो उम्मेदवार २१ बर्षिय बशिष्ट कुमार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जनता समाजबादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहनुभएको २१ बर्षीय युवक गुप्ता आफ्ना प्रतिद्वन्दी काङ्ग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मतले हराउदै निर्वाचित हुनुभएको छ ।

Advertisement

यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजबादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार रहनुभएको  सहानी खातुनलाई १११ मतले हराउदै काङ्ग्रेसकी राजमती देवी बरैनी निर्वाचित हुनुभएको छ । ५ वटा वडा रहेको उक्त गाउँपालिका तीनवटको वडाध्यक्ष जसपा र एउटामा एमाले र एउटामा काङ्ग्रेसले जितेको छ ।

Advertisement

वडा नं १ मा जसपाका लालबाबु चौरसिया, वडा नं २ मा पुन एमालेका सोनालाल चौरसिया, वडा नं ३ मा पुन जसपाका संजय  पटेल, वडा नं ४ मा कांग्रेसका संजय साह र वडा नं ५ मा जसपा कै जयनारायण पटेल विजयी हुनुभएको छ  ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *