Categories राजनीति हाइलाइट-समाचार

वीरगन्ज : वडा न. ३ मा स्वर्णकार विजयी, पुनः जिताउन वडावासीको प्रयास सफल

Advertisement

श्याम सरार्फ

वीरगञ्ज । वीरगञ्ज   महानगरपालिका  वडा  नम्बर ३ छपकैयामा  वडा  अध्यक्ष  पदका  उम्मेदवार  बैजुलाल स्वर्णकार  ४१२  मत बढी ल्याइ  पुनः  निर्वाचित भएका छन ।

Advertisement

जनता  समाजवादी  पार्टी  नेपालको  तर्फबाट वडा अध्यक्ष पदका  उम्मेदवार  स्वर्णकारलाई   जिताउन  स्थानीयहरुले आफै  भोट  माग्न  थालेका  थिए ।

Advertisement

यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज (बिहिवार) वीरगन्ज महानगर वडा न. ३ मा जसपाका स्वर्णकारले पुनः  जित हाथ पारेका छन ।

पहिलोपटक निर्वाचित भएर जादा महानगरको  बोर्डमा  अल्पमत  रहे  पनि  स्वर्णकारले उदाहरणीय  कार्य  गरेर  देखाउनु  भएको  नगरवासी  बताउछन् । जनताको  विश्वास  जित्न  सफल  हुनुभएको  र जनताले  स्वर्णकार  जस्तै  जनप्रतिनिधी  हुनुपर्ने  बताए ।

नेकपा एमाले  र नेपाली कांग्रेस लाई हराउदै वीरगन्ज महानगर वडा न ३ मा जसपाका स्वर्णकार  विजयी भएका हुन । नेकपा एमालेका सुशील कुमार कण्ठ  १०० मत र नेपाली कांग्रेसका अनवर हुसेन ले ११५८ मत पाउदा जसपा बाट उमेदवार रहेका  स्वर्णकार १५७० मत ल्याइ विजयी भएका हुन ।

स्वर्णकारको जित पछि नेता तथा वीरगन्ज मेयरका उमेदवार राजेशमान  सिंहले  भने  “वीरगञ्ज  महानगरका  अन्य  वडाहरूमा पनि  कर्मठ  र  समाजका  लागि  खट्ने  उम्मेद्वारहरुलाई अवसर  दिएका  छौँ ।  हाम्रा  उम्मेद्वारहरू  माटोसँग  जोडिएका  हुन्छन्,  जनताको  समस्यालाई  बुझ्ने  हुन्छन । जनताको  सेवक  बनेर  काम  गर्छन्  र  वडाको  नेतृत्व  गर्ने क्षमता  राख्छन्।”

स्वर्णकार पछिल्लो स्थानीय तह निर्वाचनमा सोही वडामा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । वडा न. मा जसपाका  स्वर्णकार सहित पुरा प्यानल विजयी भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *