Categories समाचार

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

Advertisement

कपिलवस्तु । आफ्नै झड्केलो छोरा ५ वर्षीय आशिष कुमालको कुटपिट गरी  हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोपवा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *