वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर ७ र २७ को वडाअध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
वडा न. २७ मा हृदयनारायण राउत कुर्मी ४०२ बढी मत र वडा न. ७ मा हिराकाजी महर्जन १०५ बढी मतले विजयी भएका छन् ।
बिहीबार साझ सकिएको उक्त वडाहरुको मतगणनाको अन्तिम परिणाम अनुसार , नेकपा एमाले र जसपाका उमेदवारलाइ पराजित गर्दै कांग्रेसका कुर्मी र महर्जन वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
वडा नम्बर २७ का जसपा उमेदवार नागेन्द्र यादव ४३६ मत र नेकपा एमालेका प्रदिप यादव १११६ मत पाउदा कांग्रेसका कुर्मीले १५१६ मत ल्याएर विजयी भएका हुन भने वडा नम्बर ७ का जसपा उमेदवार दिपक महतो २४९ मत र नेकपा एमालेका अरुण क्षेत्री ४५८ मत पाउदा कांग्रेसका महर्जन ५६३ मत ल्याएर विजयी भएका हुन ।







