वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २८ को वडाअध्यक्षमा सर्युग महतो निर्वाचित भएका छन् ।
बिहीबार राति सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेकपा एमालेका उम्मेदवार गृजा देवीलाइ २५४ मत अन्तरले पराजित गर्दै कांग्रेसका महतो वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
महतोले २०१७ मत ल्याउदा , गृजाले भने १७६३ मत पाएका छन् । यस्तै जसपाका सोनालाल पटेलले भने ३३ मत प्राप्त गरेका छन् ।








