वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० को वडाअध्यक्षमा जसपाबाट उम्मेदवारी दिएका सुशील साह कानु निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्व वडा अध्यक्ष रामनगिना साह कानुलाइ ४७३ मत अन्तरले पराजित गर्दै सुशील अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुशील १५९६ मत ल्याउदा , नेपाली कांग्रेसका रामनगिना भने ११२३ मत र नेकपा एमालेका अजय गुप्ता ८१९ मत पाएका छन् ।
उक्त वडामा पुरा पाइनल विजयी भएको छ ।







