Categories समाचार समाज

भाइ नै बिभिषण भए लंका कस्ले बचाउने ? कांग्रेस नेताका भाइ एमाले जित्दा खुशी ।

अमित अग्रवाल

वीरगन्ज । हाल देशमा स्थानीय तह निर्वाचनको मतपरिणामले तरंग ल्याएको छ। पार्टी पार्टीबिचको उथलपुथल पनि चर्चाको बिषय बन्यो, कोहि पार्टी छोडेर अर्को पार्टी गए भने कोही स्वतन्त्र उम्मेदवारी दिए, कसैले एक पार्टीमा भएर अर्को पार्टीलाई सघाए भने कसै कसैले त राजनीतिक मुल मान्यतालाई थाती राखेर एक पार्टीको कार्यकर्ता भएर अर्को पार्टी सँगै हिडे।

Advertisement

पर्सामा पनि अहिले यस्तै बिषयकाे चर्चा चलिरहेको छ। हिजो वडा नं. २४ मा नेकपा एमालेबाट निर्वाचित भएका बिजय पटेलको बिजय जुलुसमा पर्साका नाम चलेका एक कांग्रेसी नेताका भाइलाई देखिएपछि चर्चा शुरु भएको हो ।

Advertisement

पुर्व सांसद तथा कांग्रेस पर्साका सभापति समेत रहिसकेका अजय द्धिवेदीका भाइ डा. आन्नद द्धिवेदीलाई एमाले नेता पटेलको जुलुसमा हास्दै सहभागी भएको तस्बिर सामाजिक संजालमा भाइरल भएपछि घात अन्तरघातको आरोप लाग्न शुरु भएको हाे।

डा. आन्नद र पटेल बिचको सम्बन्ध पहिलै देखि प्रगाढ रहेको बुझिएको छ । २०७४ मा अरु पार्टीबाट चुनाव लडेका पटेल कांग्रेससँग झिनो मतान्तरबाट पराजित भएका थिए र त्यसलगत्तै कांग्रेसमा पार्टी प्रवेश गरि निरन्तर पार्टीको कार्यक्रम तथा वडावासी संगको भेटघाट लाई तिब्र बनाए र उदेश्य पनि थियो कांग्रेसबाट वडा अध्यक्षको टिकट लिएर चुनाव लड्ने ।

तर स्थानीय निर्वाचनका बखत मनोनयन दर्ता गराउनु पुर्व कांग्रेसबाट वडा अध्यक्षको टिकटको लागि प्रयासरत रहेका पटेलका लागि द्धिवेदी पनि कसिएको र डटिएको प्रत्यक्षदर्शी बताउँछन्। पार्टीले बिभिन्न कारण देखाउदै पटेलको टिकट काटेको खबर लगत्तै उनी नेकपा एमालेबाट उम्मेदवारी दिएर कांग्रेसको विपक्षी बन्दा पनि कांग्रेस नेताका भाइ द्विवेदी पटेलकै वकालत र भोट माग्न लागेको पनि स्थानीय बताउँछन ।

व्यक्तिगत लगावका कारण एक ले अर्काको खुसीमा खुसी हुनु र परेको बेला सघाउनु समान्य हो तर राजनीतिमा आइसकेपछि र चुनाव लागि सकेपछि आफ्नो पार्टीको मुल मान्यता विपरीत कार्य गर्ने जो कोही पनि दोषी भएको बुझिन्छ ।

पछिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले जितेको वडा पनि आफ्नै पार्टीका नेता कार्यकर्ताको अन्तरघातका कारण हार्नुपरेको स्थानीय कांग्रेसीहरुले आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *