पर्सा । भन्सार छली ल्याएको विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेका पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली पैठारी गरी बिभिन्न किसिमका लत्ताकपडाहरू पिकअपमा लोड गरी घण्टाघर तर्फ लादैँ गरेको सूचना पाएपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यहीँ महिनाको ६ गते अंदाजी २२: ०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.७ रामटोल नजिकै रेल्वेरोडमा बा.२० च ७८६४ नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडाहरू फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पिकअप नियन्त्रणमा लिई रू. १९,१४,९००।– ( उनाइस लाख चौध हजार नौ सय ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि हिजो ( शनिबार ) वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।







