पर्सा । १२ बोर एक नाले घरेलु बन्दुक सहित १ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो ( शनिबार ) १९ : ०० बजे जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.९ बस्ने वर्ष २७ का मनोज भन्ने शिबु माझी मुसहरले १२ बोर एक नाले बन्दुक सहित पक्राउ परेका छन् ।
बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्रहरीले पाएपछि खोजतलास तथा अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त टोली खटी गई तेलीया टोल जाने सडकखण्डमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ मनोज भन्ने शिबु माझी मुसहरले भाग्दै गरेको अवस्थामा १२ बोरको १ नाले घरेलु बन्दुक सहित निजलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।







