Categories राजनीति समाचार

निर्वाचित भएका सुशिललाई चाँदीको मुकुट लगाएर वडामा स्वागत

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडाअध्यक्षमा निर्वाचित भएसँगै सुशिल कुमार साहले शहिदको शालिकमा माल्यार्पण गरेका छन् ।

वीरगञ्जको घण्टाघरस्थित विपि उद्यानमा स्थापित गरिएका मधेश आन्दोलनका शहिदहरुको शालिकमा जनता समाजवादी पार्टी (जसपा) बाट वडाअध्यक्षमा निर्वाचित सुशिलले माल्यार्पण गरेका हुन् ।

Advertisement

निर्वाचित भएसँगै वडाबासीले निकालेको बिजयी जुलुश नर्सिंग मा.वि. बाट घण्टाघर हुँदै शहिद स्मृतिसम्म पुगेर माल्र्यापण गरिएको हो । शहिदको शालिकमा माल्यार्पण गर्दै उनले शहिदको सपनालाई साकार पार्न र वडाबासीको सेवामा तत्पर रहने प्रेरणा मिलेको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई विश्वास गरेर वडाको बिकासको जिम्मा दिने सम्पुर्ण वडाबासीप्रति हृदयदेखि आभारी छु । अब वडाको बिकास गर्नेे जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो मेरो जीत नभएर सम्पुर्ण वडाबासीको जित हो ।’

Advertisement

बिजयी जुलुशका क्रममा एकजना वडाकै महिलाले शुभाशिषस्वरुप सुशिललाई चाँदीको मुकुटसमेत लगाइदिएकी छिन् । उक्त मुकुटले अँझै जिम्मेवारी थपिएको आभाष भएको बताउँदै सुशिलले कर्तव्यनिष्ठ भएर दायित्वबोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वडाबासीको घरघरमा पुग्दै उनले अमूल्य मत दिएकोमा आभारसमेत व्यक्त गरेका छन् ।

अब बिकासका लागि कुनै व्यक्ति र पार्टी नहेरी सबैलाई समान ढंगले व्यावहार गर्ने उनको भनाई छ ।सो विजय जुलूस घण्टाघर हुंदै मेनरोड, आदर्शनगर, घडीअर्वा, अशोकवाटीका , रानीघाट समेत परिक्रमा गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *