Categories राजनीति हाइलाइट-समाचार

सुनसरीमा स्वतन्त्र मेयर उम्मेदवार हर्कराज राई विजयी

Advertisement

काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ५ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् ।

हर्क साम्पाङले २१ हजार ८ सय २१ मतका साथ विजय भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन् । उनी नेपाली काँग्रेस पूर्व धरान नगरसभापतिसमेत हुन् ।

Advertisement

त्यस्तै मेयरकै अर्की उम्मेदवार नेकपा (एमाले)की मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरेकी छन् । उनी धरान उपमहानगरकी निवर्तमान उपप्रमुख रहेकी छन् ।

Advertisement

यसका साथै धरानको उपमेयरमा भने गठबन्धनका उमेदवार आइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका पदम इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *