वीरगञ्ज । २३ बर्षे युवकको हत्या गरेको अभियोगमा एक जना व्यक्ति लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.५ ठुलो बाघमोर्चा बस्ने वर्ष २३ का प्रविण पाख्रिनलाई गत शुक्रबार १६;४५ बजे त्यहीँ वडा नं.५ बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहार समेतमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए ।
पाख्रिनलाई उपचारको लागि वीरगञ्ज स्थित एल एस न्यूरो हस्पिटलमा भर्ना गरिएकोमा आज ( आइतबार ) ११;०० बजे पाख्रिनको मृत्यु भएको हो ।
सो घट्नाको अनुसन्धानको क्रममा एक जना १७ बर्षीय किशोरलाई हिजो ( शनिबार ) नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
साथै उक्त घट्नामा सलंग्न भएको भन्ने हाल सम्मको अनुसन्धानबाट खुलेका अन्य ३ जना व्यक्तिहरू फरार रहेकोले निजहरूको खोजतलास तदारूकताका साथ भइरहेको समेत जनाइएको छ ।







