वीरगञ्ज । बारा जिल्लाको कलैया स्थित जिल्ला प्रहरी कार्यालय बारा अगाडि दिउँसो देखि प्रदर्शन भएको हाे । जितपुर सिमरा उपमहानगरपालिका २० इनर्वासीरामा हत्या गरिएका २२ वर्षिय दिपक पासवानको हत्यामा संलग्नहरुलाइ कार्वाहीको माग गर्दै मृतकका आफन्त र गाँउलेले प्रहरी कार्यालय अगाडि दिउँसो देखि प्रदर्शन गरेका हुन् ।
हत्यामा संलग्नहरुलाइ कार्वाहीको माग गर्दै किटानी जाहेरी दिन जादा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनिहरुले प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण कलैया वीरगन्ज सडकखण्डमा यातायात आवागमन पनि प्रभावित भएको हाे । जितपुरसिमरा उपमहानगर २० का काँग्रेस समर्थक २२ वर्षिय दिपकको शव, जेष्ठ ४ गते हत्या गरि गाँउ छेउकै खोलामा फालिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा वडाअध्यक्षमा निर्वाचित एमालेका रसुल अन्सारी सहित पाच जना एमाले कार्यकर्ताको संलग्नता रहेको मृतकका परिवारजनको आरोप लगाउनुभयाे । मृतकका परिवारजनका अनुसार, बैशाख ३० गते निर्वाचनका दिन मतदानका क्रममा एमाले समर्थकहरुसंग विवाद हुुदा उनिहरुले काँग्रेसका समर्थक दिपकलाई ज्यान मार्ने धम्की दिएका थिए । त्यसको तीन दिन पछि जेष्ठ ३ गते दिपक बेपत्ता भएका थिए । जेष्ठ ४ गते गाँउ छेउकै खोलामा दिपकको निर्मम तरिकाले हत्या गरि शव फालिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरिसकेको हाे । तर हत्यामा नवनिर्वाचित वडाध्यक्ष अन्सारी सहित पाच जनाको संलग्नता रहेकोे भन्दै उनिहरु विरुद्ध प्रहरी कार्यालयमा कटिानी जोहरी दिन जादा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको मृतकका आफन्तहरुको भनाइ रहेको मृतकका गाँउले चन्द्रमोहन यादवले बताउनुभयाे । त्यहि कारण आइतबार दिउसो देखि प्रहरी कार्यालय अगाडि प्रदर्शन भइरहेको हाे ।
बाराका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले पिडित पक्षको जाहेरी दर्ता कै विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको हाे ।







