वीरगन्ज : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २० को वडाअध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिएका रामकिशोर सिंह (पराग ) निर्वाचित भएका छन् ।
आइतबार साझ सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद यादवलाइ ४०५ मत अन्तरले पराजित गर्दै सिंह पुरै पाइनल सहित निर्वाचित भएका हुन् ।
सिंह १२८८ मत ल्याउदा , नेपाली कांग्रेसका यादव ८२३ मत र जसपाका भुलन राउत अहिर २० मत पाएका छन् ।







