Categories समाचार

एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो

Advertisement

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ।

काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ।

Advertisement

यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *