Categories समाचार समाज

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

Advertisement

सुनसरी। आफ्नै आमा ४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Advertisement

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *