Categories अर्थ विदेश समाचार

भारतले चिनी निर्यातमा सीमा तोक्यो

Advertisement

काठमाडौं । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ। सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ।

घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन्।

Advertisement

१ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ।

Advertisement

भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो। भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातकसमेत हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *