Categories समाचार स्वास्थ्य

वीरगन्ज महानगरको मेयरमा सिंह विजयी भएको खुशीयालीमा रक्तदान कार्यक्रम हुदै

Advertisement

पर्सा । वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी भएको खुशीयालीमा बिहीबार वीरगन्जमा रक्तदान कार्यक्रम आयोेजना हुदैछ ।

जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो । वीरगन्जको राणीसती अतिथी सदनमा बिहीबार बिहान ७ बजे देखि शुरु भएको रक्तदान कार्यक्रममा सहभागी भइ मानवीय सेवा गरिदिन हुन आयोजक दुवै संस्थाले वीरगन्जवासीसंग आह्वान गरेका छन् ।

Advertisement

रक्तदान कार्यक्रममा नवनिर्वाचित मेयर राजेशमान सिंहका, संघिय सांसद प्रदिप यादवका साथै जसपाका उच्च स्तरका नेताहरुको पनि उपस्थिती रहेको छ । न्युज बनाउदा सम्म ४५ जनाले रक्तदान गरिसके ।

Advertisement

केहि समय यता वीरगन्जको रक्त सन्चार केन्द्रमा रगतको चरम अभाव भएर जटील प्रकारका बिरामीको उपचारमा समस्या हुन थालेपछि त्यसैलाइ मध्यनजर गरि जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादवले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *