Categories Uncategorized समाचार

काठमाडौं महानगर प्रमुख पदमा वालेन जितेपछि पुख्र्यौली गाउँमा खुशियाली

Advertisement

‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।) यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको हो।

देशको सङ्घीय राजधानी काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित भइसकेको खबर सुनेर खुसीले गदगद भएकी विनिताले वालेनलाई ३र४ वर्षकै उमेरदेखि देखेकी थिइन्। तर, अहिले फेरि वालेनलाई भेट्ने मन भएको उनको भनाइ छ। 

Advertisement

वालेनको बाल्यकाल सम्झँदै उनले भनिन्, ‘‘बच्चे मे देखिने रहियै आव त वडाका भगेल होतै आब फेर एक वेर हुनका अपने गाउँठाउँमे देखके भेटके मन होइय (बाल्यकालमै देखका थियौं अब त उहाँ ठूलो भइसक्नु भयो होला। अब फेरि एक पटक उहाँलाई आफ्नै गाउँ ठाउँमा हेर्ने इच्छा छ।)’’ 

Advertisement

काठमाडौं जितेर गाउँ आएपछि सबै मिलेर खुशी साट्नुपर्ने उनको भनाइ छ। विनिताले थपिन्, ‘‘बालेन हजुर जितेर एक पटक गाउँ आउनुहोस्, हामी सारा गाउँवासीलाई हजुरसँग मिलेर जितको खुसी साटासाट गर्नुछ।’’

बालेनकै एकडारा(२ स्थित घर छेवमा रहेको आँप बगैंचामा घाँस काट्न बसेकी अवस्था भेटिएकी सोही ठाउँकी सकिना खातुनले वालेन जित्ने खबरले असाध्यै खुशी लागेको बताइन्। 

काठमाडौं महानगरपालिकको प्रमुख पदमा वालेन जित्ने निश्चित भएको खुशियाली उनको अनुहारबाटै झल्की रहेको थियो। 

हँसिलो अनुहार बनाउँदै सकिनाले भनिन्, ‘‘एकडारा गाउँवासीका लागि यो भन्दा ठूलो खुसी केही हुन सक्दैन, हिजोसम्म हाम्रो गाउँ एकडारालाई बढीमा प्रदेशसम्म चिन्थे होला, अब त आफ्नो वालेनका कारण देश विदेशमा गाउँको पहिचान उजागर भएको छ।’’ 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *