Categories समाचार स्वास्थ्य

मेयरमा सिंह विजयी भएको खुसिमा आयोजित रक्तदान कार्यक्रममा १ सय २६ जनाद्वारा रक्तदान

Advertisement

पर्सा । वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएको खुशीयालीमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा १ सय २६ जनाले रक्तदान गरेका छन् ।

जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले जितको खुशीयालीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । वीरगन्जको राणीसती अतिथी सदनमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित १ सय २६ जनाले रक्तदान गरेका हुन् ।

Advertisement

रक्तदान गर्नेहरुमा पिंकी कुशवाहा , कुसुम देवी , दिलिप कुमार यादव ,उमेश लामा , ईश्वरचन्द यादव ,जितेन्द्र सहनी , अफताब आलम , मकबुल आलम, श्रद्धा देउजा, निराजन अधिकारी, अंशुु श्रेष्ठ, पिन्की कुशवाहा, कुसुम देवी, अस्मिता पराजुली, सुशीला श्रेष्ठ, ललिता श्रीवास्तव, अनिसु गुप्ता, सत्यराज घिमिरे, नवीन गुप्ता, लक्ष्मीनारायण चौधरी, राजेश महतो, निश्चल श्रेष्ठ, प्रमोद शर्मा, अमित कुमार साह, अभिमन्यु यादव, अनिल गुप्ता जितेन्द्र कुमार सरार्फ, उमेश मानन्धर, समीर हवारी, मुकेस कुमार गुप्ता लगायतका रहेको रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

Advertisement

केहि समय यता वीरगन्जको रक्त सन्चार केन्द्रमा रगतको चरम अभाव छ । रगतको अभाव हुदा वीरगन्जका अस्पतालहरुमा जटील प्रकारका बिरामीको उपचारमा समस्या भइरहेको छ । त्यसैलाइ मध्यनजर गरि र जितको खुशीयाली सामाजिक सेवामा योगदान पुग्ने गरि मनाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादवले बताए ।

रक्तदान कार्यक्रममा नवनिर्वाचित मेयर सिंह , जसपाका नेता एंव सांसद प्रदीप यादव पनि पुगेर रक्तदाताहरुको हौसला बढाएका थिए । उनिहरुले रक्तदाताहरुलाइ प्रमाणपत्र पनि वितरण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *