Categories कृषि समाचार

कृषि मिटरको सम्पूर्ण शूल्क महानगरले तिर्ने : मेयर सिंह

Advertisement

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित राजेशमान सिंहले सपथ ग्रहण गरेसँगै महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटर (ग्राहस्थ मिटर) मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्युनतम शूल्क र इनर्जी शूल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् ।

पाँच दलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो । यद्दपी, ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शूल्क आफै तिनुपर्ने हुन्छ । योजना ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको लागि मात्र भएको निर्णयमा स्पष्टसँग खुलाईएको छ ।

Advertisement

त्यस्तै महानगरभित्र रहेका ४ सय ७० वटा कृषि मिटर (सिँचाई मिटर) को सम्पूर्ण शूल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन् ।

Advertisement

कृषकहरुको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरुलाई प्रतोसाहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

घेरलु र कृषि बाहेक व्यवसायिक, मनोरञ्जनात्मक र अन्य प्रायोजनका लागि मिटर लिएकाहरु भने उक्त योजनाबाट लाभान्वित हुने छैनन् ।

सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धताअनुरुप नगरबासीले अब विद्युत महशुल र सिँचाई मिटरको शूल्क तिर्न नपर्ने भएको छ । यद्यपी यि सबै निर्णय आगामी श्रावन १ गतेदेखि कार्यन्वयन हुने जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *