Categories समाचार

सरकारले निर्धारण गरेको न्युनतम तलब सुविधा पत्रकारले पाउन नसकेको गुनासो

Advertisement

वीरगन्ज । पर्साका श्रमजिजवी पत्रकारहरुले सरकारले निर्धारण गरेको न्युनतम तलब सुविधा पनि सन्चारगृहबाट पाउन नसकेको गुनासो गरेका छन् ।

वीरगन्जको होटल कुमु प्यालेशमा शुक्रबार न्यूनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्र्तकृया कार्यक्रममा सहभागी पर्साका पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।उनिहरुले न्युनतम पारिश्रमिक निर्धारण गरेको न्युनतम तलब सुविधा समेत आफुहरुले नपाएको अवस्थामा पत्रकारीता पेशामा टिक्नै गाह्रो भइरहेको बताए ।

Advertisement

यसअघि पनि पटक पटक वीरगन्जमा आएर न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रीमजिवी पत्रकारसंग अन्तरकृया र छलफल गरेको भएपनि त्यसको ठोस उपलब्धी पत्रकारहरुले पाउन नसकेको गुनासो उनिहरुको थियो ।उनिहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको तलब सुविधा नेपाल सरकारको राजपत्रमा प्रकाशीत भइ सकेको भएपनि अधिकांश पत्रकारले त्यस अनुसारको तलब सुविधा पाउन नसकेको बताएका छन् ।
श्रमिजिवी पत्रकारहरुको समस्या र सुझाव सम्बद्ध सन्चार गृह र नेपाल सरकारका सामु पुरयाएर कार्यान्वयन गराइन दिन उनिहरुले कार्यक्रममा सहभागी समितिका सदस्यहरुसंग आग्रह पनि गरेका छन् ।

Advertisement

पत्रकारहरुको गुनासो र सुझाव सुनेपछि न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य विमला पाण्डेले कार्यक्रम श्रमजिवी पत्रकाहरुले व्यक्त गरेका समस्या र सुझाव कार्यान्वयनका लागि समितिले सम्बद्ध निकायमा पहल गर्ने आश्वासन दिइन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान ,केन्द्रिय सदस्य केसी लामिछाने , मधेश प्रदेश महासचिव श्याम बन्जाराले आ आफनो धारणा राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *