Categories समाचार स्वास्थ्य

टिम स्पेसल २६ को आयोजना ३९ जना द्वारा रक्तदान

Advertisement

वीरगन्ज । परोपकारी संस्था टिम स्पेसल २६ ले वीरगन्जमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

वीरगन्ज १६ नगवा स्थित बौधीमाइ धर्मशालामा संस्थाको पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ३९ जनाले रगत दान गरेका छन् ।

Advertisement

रगतदान गर्नेहरुमा साधना कर्ण , रितिक श्रीवास्तव, सावन कुमार, सुमन कुमार दत्त, प्रजय कुमार अग्रवाल, आयुष सिंह, नवीन कुमार बैठा, विक्की गुप्ता, नेहाल एकबाल, प्रवीण कर्ण, रामबाबु महतो, सुजित गुप्ता, हरेन्द्र बरै, रवी सरार्फ, राजन चौरासीया, अरुण गुप्ता लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

Advertisement

टिम स्पेसल २६ का अध्यक्ष सुमन कुमार दत्तको अध्यक्षतामा आयोेजित रक्तदान कार्यक्रममा वीरगन्ज १६ का वडा अध्यक्ष परशुराम चौरसीया , कार्यक्रम संयोजक श्याम साह , भोलेन्टियर समुह वीरगन्जका संयोजक राजन श्रीवास्तव लगायतको पनि उपस्थिती रहेको थियो ।

काब्या एकेडेमीको सहयोगमा आयोजित रक्तदान कार्यक्रमको मिडिया पार्टनर मधेस खबर अनलाइन पत्रिका रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *