Categories समाचार

पदाधिकारी गाली खाइरहेका छन्, प्रशासकीय प्रमुखहरु कमाइरहेका छन् : सांसद कर्ण

Advertisement

पर्सा क्षेत्र नम्बर ४ का संघीय सांसद लक्ष्मणलाल कर्णले वितेको ५ वर्षमा सबै भन्दा भ्रष्टचार स्थानीय तहमा भएकाो आरोप लगाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता समेत रहेका सांसद कर्णले सबै भन्दा बढि भ्रष्टचार स्थानीय तहमा भएको र त्यसको जिम्मेवार प्रमुख प्रशासकीय अधिकृतहरु रहेको बताएका हुन् ।

Advertisement

शनिबार संसद बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै नेता कर्णले भने ,‘ सबै भन्दा बढि भ्रष्टचार प्रमुख प्रशासकीय अधिकृतले गरेका छन्, उनिहरु कमाइरहेका छन् तर गाली जति जनप्रतिनिधीहरुले खाए ।
उनले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौं वा अन्य ठूला शहरहरुमा घर बनाइसकेको पनि बताए ।

Advertisement

कर्णले भने ,‘ हामीले पाँच वर्ष स्थानीय निकाय सन्चालन गर्यौं, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता छ कि छैन ? ‘अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले गाली खाइरहेका छन् तर प्रशासकीय प्रमुखहरुले कमाइरहेका छन् ।

हरेक स्थानीय तहका जनप्रतिनिधीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतकै भर पर्नुपर्ने अवस्था रहेको भन्दै नेता कर्णले भने,‘ यदि प्रशाकीय अधिकृतले मान्दैनन् भने पालिका प्रमुखले चाहेर मात्र केही गर्न सक्दैन , अवस्था यो छ , त्यसैले अब रिभ्यु गर्ने बेला भइसकेको छ । मधेसखबर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *