वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यका लागी यही २० गते निर्वाचन हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार कार्यपालिका सदस्यको निर्वाचन २० गतेका लागि तोकिएको हो ।
निर्वाचन कार्यतालिका अनुसार यही १६ गते मतदाता नामावली प्रकाशन गर्ने, १७ गते मनोनयन दर्ता गर्ने, १८ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह प्रदान गर्ने र २० गते निर्वाचन गरिने कार्यतालिका छ ।
मतदाता नामावली प्रकाशन र उम्मेद्वारी दर्ताकैबीच अन्तिम मतदाता नमावली सार्वजनिक, दाबी विरोध लगायतका कार्य हुने पनि कार्यतालिकामा उल्लेख छ ।
५ महिला र ३ खुल्ला सदस्य गरी कुल ८ सदस्य पदका लागि हुने निर्वाचनमा महानगरमा निर्वाचित भएका मेयर, उपमेयर, ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य गरी कुल १६२ जनाले मतदान गर्ने छन् ।
वीरगन्ज महानगरमा मेयर जसपाले, उपमेयर काँग्रेसले, १३ वटा वडा वडा अध्यक्ष जसपाले, ९ वटा वडा अध्यक्ष काँग्रेसले, ८ वटा वडाअध्यक्ष एमालेले र २ वटा वडा अध्यक्ष लोसपाले जितेको छ ।







