Categories समाचार

वीरगन्जका उद्योगी व्यवसायीद्वारा करको दर घटाउन नवनिर्वाचित मेयर सिंहसँग माग

Advertisement

वीरगञ्ज । वीरगन्जका उद्योगी व्यवसायीहरुले करको दर घटाउन नवनिर्वाचित मेयर राजेशमान सिंहसँग माग गरेका छन् ।

नवनिर्वाचित मेयर सिंहलाइ उनकै कार्यकक्षमा भेटेर उद्याेगीहरुले यस क्षेत्रका उद्योग व्यपारका समस्या र चुनौती बारेमा ध्यानाकषर्ण गराउँदै करकाे दर घटाउन माग गरेका हुन् ।

Advertisement

भेटका क्रममा संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले नवनिर्वाचित मेयर सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अगामी दिनमा वीरगन्ज उद्योग वाणिज्य संघ र महानगरपालिकाले गर्न सक्ने सहकार्यका बारेमा पनि सिंहको ध्यानाकर्षण गराएका थिए ।

Advertisement

महानगरले संकलन गर्दै आएको कर परिमार्जन गर्न, वीरगन्जमा एउटा ट्रान्सपोर्ट नगरको निर्माण गर्न पनि संघका अध्यक्ष गुप्ताले आग्रह गरे । उनले वीरगन्ज क्षेत्रमा सन्चालित उद्योगहरुका लागि आवश्यक ट्रेडफेयर मैदान निमार्णमा संघ र महानगर बिच सहकार्य गर्न सकिने तर्फ पनि मेयर सिंहलाइ जानकारी गराए ।

नवनिर्वाचित मेयर सिंहले यस अघि वीरगन्ज महानगर, महानगरवासी र उद्योगी व्यवसायीबीच रहेको मत भिन्नतालाई अब आफुले हटाउने प्रतिबद्धता जनाए । उनले महानगरले संकलन गर्दै आएका कर पारदर्शी बनाउने, करका दर पुनरावलोकन गर्ने र करको दर भन्दा पनि करको दायरा बढाउनेतर्फ महानगर अघि बढ्ने बताए ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, कोषाध्यक्ष गोविन्द शाह, सचिवद्वय अरविन्द अमात्य, आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव सुशान्त चाचान लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *