पर्सा । पर्सा प्रहरीले मोटरसाइकल चोरी अभियोगमा २ जना युवक सहित १ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
पछिल्लो शनिबार अंदाजी ०२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१७ बस्ने ४३ वर्षिय रामबिर सहनीको ना.२४ प १२१८ नम्बरको डिस्कभर मोटरसाइकल आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको थियोे ।
प्रहरीलाई सुचना गरेपछि खोजतलास तथा अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले हिजो ( आइतबार ) १७;३० बजे उल्लेखित नम्बरको मोटरसाइकल चढी ICP गेटतर्फ जाँदै गरेको अवस्थामा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२४ का २२ वर्षिय सुनिल यादव र वडा नं.१७ का १९ वर्षिय राहुल यादवलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।







