Categories समाचार

५० वर्षीय श्रेष्ठको हत्या गरेको अभियोगमा ३ जना पक्राउ

Advertisement

मोरङ । कटहरी गाउँपालिका-२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कटहरी गाउँपालिका-१ बस्ने ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय वर्षीय कपिल माझी र कटहरी गाउँपालिका-३ बस्ने २८ वर्षीय नितेश चौधरी रहेका छन् ।

Advertisement

कटहरी गाउँपालिका-१ महेशपुर थानगाछीस्थित खेतमा आइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *