Categories हाइलाइट-समाचार

पर्सामा नक्कली नोट साट्नेहरु सक्रिय, दुईजना पक्राउ

Advertisement


पर्सा । पर्सा प्रहरीले नक्कली नोट कारोबार गर्ने अभियोगमा पर्सा जिल्लाका २ जना युवालाई पक्राउ गरेको छ।
        
आज (सोमबार) बिहान ०८:३० बजे जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रू.१००० दरका नोटहरू साट्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेका जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.८ का १९ वर्ष  राजाबाबु साह तेली र पटेर्वासुगौली गा.पा.घर भई हाल बहुदरमाई न.पा.वडा नं.८ बस्ने २० वर्षका अजय सहनी रहेका छन् ।

Advertisement

प्रहरीले नक्कली नोट साटी रहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नेपाली नक्कली नोट रु.१००० दरका थान-२० ( बीस हजार ) सहित दुबैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *