श्याम सरार्फ
वीरगन्ज । वडामा हुदै आएको ढिलासुस्ती, गैरजिम्मेवारीपन रोक्न र सेवाग्राही सम्म छिटो छरितो सेवा प्रवाह गर्न वीरगन्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंहले वडा सचिवलाई निर्देशन दिएका छन् ।
नगर प्रमुख सिंहले महानगरका ३२ वटै वडाका वडा सचिवलाई जनतालाई सर्वाेपरी मानेर काम गर्न निर्देशन दिएका हुन ।
कुनै सेवाग्राहीकाे काम गर्दा कागज अपुग भए के-के नपुगेको हाे सबै कागजकाे जानकारी दिएर एकैपटक मगाउन, बारबार दुख नदिन समेत प्रष्ट निर्देशन दिनुभएकाे छ ।
प्रमुख सिंहले सचिव काम विशेषले बाहिर जाँदा अर्काे विकल्प राख्न, नागरिक वडापत्र टाँस्न र जनताको गुनासाे सिधै मेयर सम्म पुग्ने गरि संयन्त्र निर्माण गर्न पनि निर्देशन दिएका छन ।
वडामा काम गराउन आउने सेवाग्राहीलाई एउटै कामको लागि विभिन्न बहानामा दौडाउने, पइसा ठगन चाडैं हुने कामलाई पनि जटिल बनाइ समय लगाउने जस्ता गलत प्रवृत्ति रोक्न समेत कडा निर्देशन प्रमुख सिंहले दिएका छन् ।







