Categories समाचार

वीरगन्ज ३ : जनताको माग र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता सहित दोस्रो कार्यकालको लागि पदभार ग्रहण

श्याम सरार्फ

पर्सा । बिरगंज महानगरपालिका वडा नं ३ का नवनिर्वाचित वडा अध्यक्ष बैजुलाल स्वर्णकार दोस्रो कार्यकालको लागि  पदभार ग्रहण गरेका छन् ।

Advertisement

बिहिबार महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहबाट सपथ खाएका नवनिर्वाचित वडा अध्यक्ष स्वर्णकारले आज (सोमबार ) वडा कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

Advertisement

नवनिर्वाचित वडा अध्यक्ष स्वर्णकारले वडाकाे समग्र विकास, जनताको माग र आवश्यकताको आधारमा काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

पछिल्लो कार्यकालमा आफुले गरेको कार्यको उच्च मुल्यांकन गर्दै यश निर्वाचनमा आफ्नो अमुल्य मत दिई भारी मतले निर्वाचित गर्नुहुने वडावाशीलाइ धन्यवाद दिदै बाकी रहेकोे बिकाश निर्माणका काम, वडाको समृद्धि लाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

अध्यक्ष स्वर्णकार संगै वडा सदस्य अव्दुल कलाम मियाँ, राजीव कुमार श्रेष्ठ, बर्कतुन नेशा र संगीता कुमारि दासले कार्यालयको कामकाज सम्हालेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *