Categories समाचार स्वास्थ्य

जिरा मसला मात्र होइन, औषधी पनि हो ।

एजेन्सी । जिराको सेवन सामान्यतया खानाको स्वाद बढाउनका लागि गरिन्छ, तर के तपाईंलाई थाहा छ यसको सेवनले पेट दुख्ने, पेटमा ग्यास हुने, अपच हुने जस्ता स्वास्थ्यसम्बन्धी धेरैसमस्याहरू हटाउँछ। तपाईं जिरालाई मसलाको रूपमा मात्र होइन यसलाई काँचो पनि खान सक्नुहुन्छ, वा यसको पानी पनि प्रयोग गर्न सक्नुहुन्छ।

जिराको सेवन मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसले पेटसँग सम्बन्धित धेरै समस्या यसको सेवनले हट्छ भने कब्जियत, अपचजस्ता समस्या भए पनि दैनिक आहारमा जिरा समावेश गर्न सक्नुहुन्छ । जिरा मात्र होइन, तपाईं जिरा पानी पनि सेवन गर्न सक्नुहुन्छ।

Advertisement

पेटको स्वास्थ्यलाई स्वस्थ राख्न चाहनुहुन्छ भने जिराको सेवन निकै राम्रो मानिन्छ, मानिसलाई प्रायः पेटसँग सम्बन्धित कुनै न कुनै समस्या हुने गर्छ । यस्तो अवस्थामा जिराको प्रयोगले पेट सफा हुन्छ । क्यालोरीको मात्रा कम हुन्छ र फाइबरको मात्रा पनि प्रशस्त हुन्छ, त्यसैले तपाईंले दैनिक जिराको दाना प्रयोग गर्न सक्नुहुन्छ।

Advertisement

यदि तपाईं प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन चाहनुहुन्छ भने, जिराको प्रयोग धेरै लाभदायक छ । यसमा एन्टि-अक्सिडेन्ट प्रशस्त हुन्छ । यसले सङ्क्रमण गराउने ब्याक्टेरियालाई नष्ट गर्छ, त्यसैले यसलाई तपाईं आफ्नो दैनिक आहारमा समावेश गर्न सक्नुहुन्छ।

यदि तपाईं छालासँग सम्बन्धित समस्याहरू हटाउन चाहनुहुन्छ भने, जिराको प्रयोग धेरै लाभदायक छ । यसमा पोटासियम, क्याल्सियम, म्यांगनीज जस्ता धेरै पोषक तत्त्वहरू प्रचुर मात्रामा पाइन्छ । त्यसैले तपाईं यसलाई दैनिक सेवन गर्न सक्नुहुन्छ ताकि छालासँग सम्बन्धित समस्याहरू टाढा भाग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *