Categories समाचार

जहाज दुर्घटना : २२ जनाकै शव भेटियो

Advertisement

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको जहाजमा सवार २२ जनाकै शव भेटिएको छ। तारा एअरको ९ एनइटी जहाज दुर्घटना भएको तेस्रो दिन बिहान बेपत्ता एउटा शव भेटिएसँगै २२ पुगेको हो।

बेपत्ता भएको शव केहीबेर अघि मात्र फेला परेको सामाजिक अभियान्ता एवं उद्दारमा खटिएका पर्यटक गाईड ईन्द्रसिंह शेरचनले घटनास्थलबाट अन्नपूर्णलाई जानकारी दिए। यसअघि दुर्घटनाको दोस्रो दिन जहाजमा सवार २२ जनाको मृत्यु भएको पुष्टि गरिएपनि २ वटा शव निकाल्न सकिएको थिएन।

Advertisement

कोवाङ नाउरिकोट माथिको शिर सानुसरे पहाडको खोंचमा अड्किएर बसेका शव र पहाडको तल खोलामा छेउमा रहेको शव पनि बाहिर निकाल्न सफल भएको नेपाल नेशनल माउन्टेन गाईड एशोसियसनका पेम्बा तेन्जिङ लामाले जानकारी दिए। योसंगै तारा एअर जहाज दुर्घटनामा परेका सबै जनाको शव संकलन गर्ने काम सकिएको उनले बताए।

Advertisement

आइतबार मुस्ताङको थासाङ–२ को सानुसरे पहाडमा तारा एअरको जहाज दुर्घटना भएपछि काठमान्डौंबाट नेपाल नेशनल माउन्टेन गाईड एशोसियनका १० जना माउन्टेन गाईड ,तारा एअरको कोअर्डिनेटर एवं तारा एअर स्टेशन म्यानेजर राप्के शेर्पा, तारा एअरका कर्मचारी पेम्वा छिरि शेर्पा र मुस्ताङको यात्रुको सारथी ईन्द्रसिंह शेरचनको टोलीले शव निकाल्ने उपकरण सामग्रीसहित दुर्घटनाक्षेत्रमा अहोरात्र खटिएका थिए।

यस्तै,रितेन टसी शेर्पा, कमी धोर्जे शेर्पा ,पासाङ नुरु शेर्पा ,ओङ्छु शेर्पा र नरेन्द्र शाहीसहितको टिम पनि कार्यक्षेत्रमा खटिएको थियो। उनीहरुले कुनै शुल्क नलिने गरी कम्पनीको निर्देशनमा दुर्घटना क्षेत्रमा पुगेर शव संकलनमा जुटेको तारा एअरका कोअर्डिनेटर राप्के शेर्पाले जानकारी दिए। उनीहरुले दुर्घटनाक्षेत्र पत्ता लगाउने , माउन्टेन हेलीलाई समन्वय गर्ने र र शव बडी रिकभरी गर्ने लगायतका काम गरे। 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयबासीले समेत दुर्घटनाक्षेत्रमा पुगेर शव संकलन गर्न खटेका छन्। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *