Categories समाचार समाज

देवरले भाउजुलाई पेट्रोल छर्केर आगो लगाइदिएको आरोप

Advertisement

सप्तरी । आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–१ धनगडी बस्ने प्रमेश्वर साह रहेको छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । २०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी उनी फरार रहेका थिए ।

Advertisement

उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *