पर्सा । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसा र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ ।
त्यस्तै, आईओसीले पठाएको ननयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य भने घटेको निगमले जनाएको छ । डिजेलमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको आयल निगमले जनाएको छ ।
निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ । नेपाल आयल निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।







