Categories समाचार

मर्यादाक्रममा हेरफेर, राष्ट्रपति उपराष्ट्रपति पहिलो दोस्रो र छैटौँ स्थानमा पूर्वराजा

Advertisement

वीरगन्ज । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।  हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ।

यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ। मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ।

Advertisement

पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। पूर्वराजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ। पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादाक्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन्। मर्यादाक्रम परिमार्जन गर्न मन्त्रालयले पोखरेलको नेतृत्वमा कार्यदल बनाएको थियो।

Advertisement

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *