श्याम सरार्फ
पर्सा । वीरगञ्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंहले नयाँ बसपार्कको निरिक्षण गरेका छन् । वीरगञ्ज बसपार्ककाे अवस्था अस्तव्यस्त रहेकाे गुनासाे पाएपछि नगर प्रमुख सिंहले बसपार्ककाे निरिक्षण गरेका छन ।
बनेकाे करिब ३ वर्ष नपुग्दै भाैतिक संरचना जिर्ण भईसकेकाे निरिक्षणमा पाइएको छ । मुख्य भवन प्रयाेग नभईकनै टुटफुट र छत चुहिने समस्या समेत देखिएको बताइएको छ ।

करिब दुई सय काउण्टर रहेकाे वीरगञ्जमा १० वटा मात्र काउण्टर बनाईएकाेले भवन प्रयाेगमा आउन नसकेकाे व्यवसायीकाे भनाई छ । ठेकदारले पाएकाे जिम्मेवारी पूरा नगर्ने, सरसफाइ नगर्ने, पार्क व्यवस्थित नगर्ने, अव्यवस्थित शाैचालय लगाएतका अनेकाैं समस्या देखिएको नगर प्रमुख सिंहले बताए ।
बसपार्क भित्र प्रहरीकाे लागि बनाईएकाे भवन पनि प्रहरी नबस्दै उजाडिन थालेकाे छ । बसपार्क अवलोकन पश्चात् जिम्मेवारी पाएकाे व्यक्तिलाई सम्पूर्ण समस्या तत्काल समाधान गर्न नगर प्रमुख सिंहले निर्देशन दिएका छन् ।
