Categories समाचार स्वास्थ्य

नारायणी अस्पतालमा उपचारको खोजिमा रहेका बृद्ध दम्पत्तीलाई मेयर सिंहले गरे आर्थिक सहयोग

Advertisement

अमित अग्रवाल

वीरगञ्ज । वीरगञ्जका मेयर राजेशमान सिंहले नारायणी अस्पतालमा उपचारको पर्खाइमा रहेका बृद्ध दम्पत्तीको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

Advertisement

पर्सागढी नगरपालिका वडा नम्बर ५ जिङ्नाका ७३ बर्षका बच्चा महरा र उनकी श्रीमती छठिया देवी खर्च अभावमा अस्पतालको सर्जिकल वार्डको १०८ नम्बर बेडमा बिजोग अवस्थामा रहेको जानकारी पाएपछि मेयर सिंह उनीहरुलाई भेट्न अस्पतालमै पुगेका थिए ।

Advertisement

बृद्ध दम्पत्तीको स्वास्थ्यअवस्था बुझ्दै सिंहले उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै पोषिलो आहारका लागि व्यवस्था मिलाइदिएका छन् । अस्पतालमा उपचारार्थ दम्पत्तीको औषधीउपचारमा कुनै कमी नगर्न चिकित्सकहरुलाई निर्देशन दिँदै उनले कुनै समस्या भए आफूलाई सोझै जानकारी गराउन पनि आग्रह गरे ।

गएको ४ दिनदेखि बृद्ध दम्पत्ती अस्पतालमा उपचार अभावमा बसिरहेका थिए । ७३ वर्षीय महराको खुट्टामा चोट लागेका कारण समस्यामा छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *