Categories समाचार

नेपालको राष्ट्रिय झण्डा अंकित फ्ल्याग टावर हावाहुरीले ढल्यो

Advertisement

वीरगञ्ज । नेपालको मूख्य प्रवेशद्वारको रुपमा चिनिने शंकराचार्य गेट अगाडी राखिएको नेपालको राष्ट्रिय झण्डा अंकित फ्ल्याग टावर ढलेको छ ।

गए राति आएको हावाहुरीले टावर ढलाएको हो ।

Advertisement

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफ्नो तलबभत्ता र संसदीय विकास कोषबाट गएको २०७७ साउनमा टावर स्थापना गराएका थिए ।

Advertisement

भारत तथा तेस्रो मुलुकबाट आउने आगन्तुक तथा पर्यटकलाई देशको पहिचान देखाउन स्वागतद्वार अगाडी नेपाली राष्ट्रिय झण्डासहितको टावर स्थापना गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *