Categories समाचार

मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय फिर्ता

Advertisement

वीरगन्ज । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ। प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो।

प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको फ्लाइट क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो ।

Advertisement

१५ जेठमा पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले १६ जेठमा उक्त निर्णय गरेको थियो । उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय प्राधिकरणले गरेको थियो ।

Advertisement

तर जल तथा मौसम विज्ञान विभागले इनकटको मौसम जानकारी गराउने प्राविधिक र उपकरण नभएकाले विवरण उपलब्ध असम्भव भएको बताएपछि पछि प्राधिकरण पछि हटेको हो।

आजको कारोबार दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *