Categories समाचार

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

Advertisement

वीरगन्ज । सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ।

विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ।

Advertisement

विभागले प्रचलित ऐन तथा नियमको व्यवस्थाबमोजिम सवारीसाधनमा अविलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गर्न गराउन वाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा तथा गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारीसाधन धनीलाई निर्देशन दिएको छ।

Advertisement

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्न आलटाल गरेकाले विभागले सचेत गराएको बताए।

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *