Categories राजनीति समाचार

वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैतृ हुनुपर्छ – नेता प्रकाश ज्वाला

Advertisement

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा सांसद् प्रकाश ज्वालाले वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैतृ हुनुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै घोषणा भएको डा. इश्वर जि.सीको नेतृत्वको प्यानल घोषणा कार्यक्रममा बोल्दै नेता ज्वालाले वैदेशिक रोजगार ऐन ०६४ लाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिुनुभयो ।

Advertisement

नेता ज्वालाले राज्यले वैदेशिक रोजगार व्यवसायीहरुसँग लिएको १७ अर्ब वढी  धरौटी रकम डम्पिङ भएको प्रसङ्ग निकाल्दै उक्त रकम सहित श्रमिकहरुले कमाएको रकमको सुनिश्चितता र सुरक्षित लगानीको अवसर राज्यले सृजना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा शुल्कको नाममा अनावश्यक र्याई र्याई भै रहेको भन्दै सस्तो लोकप्रियताले पनि त्यति राम्रो नगर्ने बताउनु भयो  श्रमिक व्यवसायी र सरकारको तादाम्यता जरुरी भएको भन्दै राज्य श्रमिक र व्यवसायी सबैको जित जितको आवश्यकता सृजना हुने अवस्थाको खोजी गर्नुपर्ने बताउनु  भयो ।

Advertisement

वैदेशिक रोजगारीका नाममा भएका तमाम खाले सिन्डिकेट र कार्टेलिङको कारण विचौलियाहरुलाई फाईदा भएको भन्दै व्यवसायलाई निश्चित व्यक्तिको घेराबन्दीबाट मुक्त गर्नुपर्ने बताउनु भयो । उहाँले व्यवसायको हक हित र कामदारको सुरक्षाका सवाल वैदेशिक रोजगार व्यवसायमा भएका  मुख्य समस्यालाई अवको यो प्यानलले समाधान गर्नेमा समेत आफूहरू विस्वस्त भएको बताउनु भयो ।

आइतबार मात्र नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूले डा. इश्वर जिसीको नेतृत्वमा १७ सदस्यीय उम्मेद्वारी सार्वजनिक गरको छ ।

Advertisement
Advertisement
Advertisement