Categories अर्थ समाचार

भन्सार छली भित्र्याइएको ४० लाख बढीको सामान सहित ट्रक र ट्याक्टर नियन्त्रणमा

Advertisement

वीरगञ्ज । भन्सार छली भित्र्याइएको ४० लाख बढीको सामान सहित प्रहरीले एउटा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । बीरगञ्जको वडा नम्वर २४ चण्डाल चोकमा विशेष सूचना पाएर खटेको प्रहरीको टोलीले दुबै सवारी साधनमा बिल बिजक भन्दा बढी सामान सहित बरामद गरेको हो ।

ट्रक र ट्याक्टरमा भन्सार छलेर सामान भित्र्याइरहेको भन्ने सूचना पाए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरको टोली खटिएको थियो । टोलीले करिब ४० लाख मूल्य बराबरका साइकल र किचनका सामान बरामद गरेको हो ।

Advertisement

चण्डाल चोकमा ना ३ ख ०८२३ नम्बरको कन्टेनर ट्रक र बीआर ०५ जीसी ०२१५ को भारतीय नम्बरको ट्याक्टरमा भन्सार छली गरेर ल्याइएका सामान भेटिएपछि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

Advertisement

सामान सहित बरामद भएको दुबै सवारी साधनलाई अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । दुबै सवारीसहित सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा मंगलबार बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *