Categories समाचार

स्रोत नखुलेको ७ लाख ५० हजार रूपैयाँ सहित ४० वर्षीय महतो पक्राउ

Advertisement

सर्लाही । ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँ सहित भारत सितामढी ग्राम सोनबर्सा-२ बस्ने ४० वर्षीय विश्वनाथ महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो । 

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *