Categories समाचार

कपडा भित्र सुनको लेपन लगाएर सुन तस्करी, सात जना पक्राउ

काठमाडौं– सुन तस्करले नयाँ–नयाँ तरिका अपनाएर तस्करीको धन्दा सञ्चालन गर्ने गरेको रहस्य खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करीको आरोपमा जेठ २१ गते सात जनालाई पक्राउ गरेसँगै तस्करीको नयाँ बाहिरिएको हो। 

सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। एक भारतीय, एक चिनियाँ र ५ नेपाली गरी सात जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

Advertisement

पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टाका ४२ वर्षीय सुरेशबहादुर शाही, कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बोडेगाउँका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराको जितपुर सिमरा उपमहानरपालिका–१६ कि २२ वर्षीया निर्मला घलान, धनुषाको बडेश्वर गाउँपालिका–४ घर का ४१ वर्षीय बरुनभक्त माथेमा, चीनको तिब्बत छेन्दु घर भइ काठमाडौंको बौद्ध बस्ने २७ वर्षीय लोब्सान ग्याल्सेन, नवलपरासीको सुनवल नगरपालिका–१० घर भएका ४२ वर्षीय युवराज भुषाल र भारतको नयाँदिल्ली घर भइ ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *