Categories समाचार

भक्तपुरमा एक बिहानै भूकम्प

Advertisement

काठमाडौं । शनिबार बिहानै भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

Advertisement

उक्त भूकम्प ४.७ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

प्रत्यक्ष महसुस हुनेगरी काठमाडौं उपत्यकामा लामो समयपछि भूकम्प आएको मापन केन्द्रले जनाएको छ ।

शनिबार बिहानको भूकम्पसँगै मानिसहरु घर बाहिर निस्केका थिए। कतिपय निदाएका मानिसहरुसमेत उठेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *