Categories समाचार

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको स्थापना दिवसको अवसरमा आश्रममा भोजन सेवा

Advertisement

वीरगञ्ज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा विविध कार्यक्रम गरिएको छ ।

संघको पर्सा शाखाको आयोजनामा वीरगञ्जस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई निशुल्क भोजन खुवाएको छ ।

Advertisement

मानवीय कार्य अन्तर्गत असहायलाई भोजन खुवाइएको संस्थाका पर्सा जिल्ला इन्चार्ज हरिन्द्र यादवले जानकारी दिए ।

Advertisement

मानवीय कार्यमा अग्रसर हुनुपर्ने आफूहरुको दायित्व अनुरुप शुक्रबार संस्थाको स्थापना दिवस पारेर मानव सेवा आश्रममा रहेका असहायहरुलाई भोजन खुवाइएको उनले बताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष रामप्रवेश यादव, समाजसेवी एवंं स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहा लगायत संस्थाकाप्रतिनिधिको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *