Categories समाचार

बिल बिजक भन्दा बढी सामान लोड गरिएको ट्रक नियन्त्रणमा

वीरगन्ज । बिल बिजक भन्दा बढी लत्ताकपडा र खुद्रा समाग्रीहरु लोड गरिएको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले बिहिवार नियन्त्रणमा लिएकोमा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा चलान गरेको छ ।

बिशेष सुराकीको अधारमा प्रहरीले २६ गते बिहिवार अन्दाजी २३ : ३० मिनेटमा सो ट्रक बीरगन्ग महानगरपालिकाको वडा नं..८ घण्टाघर सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

घण्टाघर सडकखण्डमा ना.६ ख ७३६३ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएपछि प्रहरी समान सहित ट्रक नियन्त्रणमा लिएको थियो ।

Advertisement

नियन्त्रणमा लिइको ट्रक सहितकाे समाग्रीको रू. ५३ लाख ३८ हजार ७२ रुपैया मुल्याङ्कन गरी शुक्रवार आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी शुक्रवार जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *