वीरगन्ज । जनता समाजवादी पार्टी नेपाल पर्साले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगरपालिका वडा ईकाइ कमिटी वडा न. ८ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पर्साका चर्चित नेता क्षेत्रीय सदस्य एवं तरुण दलका उपाध्यक्ष श्री रविन्द्र ठाकुर, युवा नेता अशोक सर्राफ़, मुस्लिम संघका केन्द्रीय सदस्य मुस्तफ़ा अंसारीको नेतृत्वमा विभिन्न पार्टी प्रत्याग गरी सैकड़ों युवा बुद्धिजीवी, महिलाहरु जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद प्रदिप यादवले जनताको विश्वास र जनता समाजवादी पार्टी नेपाल प्रति जनताको आस्था ले जन-चाहना अनुसार कार्य योजना तैयार गरी विकासको गतिलाई रफ्तार दिने प्रतिबद्धता जाहेर गर्नु भयो । साथै नव प्रवेशी सबैमा बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मी , वडा नं ८ का वडा अध्यक्ष रितेश गुप्ता लगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।







